भावुक हुनु र भावनाहरु बारे छलफल गर्नु

भावनाहरुले अर्थ राख्छन्। यिनिहरुले हाम्रो सिकाइ, हामीले गर्ने निर्णयमा प्रभाव पार्छन्। हामीले अरुलाई व्यवहार गर्ने तरिकामा हाम्रा भावनाले प्रभाव पुर्‍याउँछन्। अझ विशेषत: हाम्रो सम्पूर्ण अस्तित्वमा नै प्रभाव पार्छ।

भावनात्मक साक्षरता: हाम्रा भावनाहरु पछाडिका जानकारीहरु पहिल्याउँदा

भावनात्मक साक्षरता- अथवा आफ्ना फरक फरक भावनाहरुलाई सकारात्मक रुपमा छुट्याउन सक्ने , बुझ्न सक्ने, व्यक्त गर्न सक्ने क्षमता हुनु हो। यहि कुरा भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence) को महत्वपूर्ण आधार हो।