किन हामीले भावनात्मक साक्षरतामा पुस्तक प्रकाशित गर्यौं

Emotional Literacy Sep 30, 2024

मेरो जीवनको लामो समय सम्म मलाई लाग्थ्यो कि भावनाहरूको बारेमा कुरा गर्ने व्यक्तिहरू 'भावनात्मक' हुन्, जसलाई केहि भन्ने बित्तिकै उनीहरु रुन्छन्। अनि कसैले "तिमीलाई कस्तो छ?" भन्ने प्रश्न सोध्दा पनि मलाई लाग्थ्यो कि उसले केवल औपचारिकता को लागि वा राम्रो देखिन को लागि त्यो सोध्दैछ र वास्तवमा उसलाई मसंग केहि वास्ता ​​छैन। सायद त्यसैले होला, मैले आफैलाई My Emotions Matter को मनपर्ने प्रश्न सोध्न वास्ता गरिन - “तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ? (How are you feeling?)” जब मैले आफूलाई त्यो प्रश्न गर्न थालें, मेरो उत्तरमा यी तीनवोटा शब्द हुन्थ्ये: 'राम्रो' जब जब मैले चाहेको जस्तो हुने गर्थ्यो, 'नराम्रो' जब केहि कुरा मैले चाहेको जस्तो हुदैन थियो , र 'सबै ठिकै छ' जब मलाई सोच्न वा प्रतिबिम्बन गर्न मन हुँदैन थियो। विगत आठ वर्षमा भावनात्मक परिपक्वताको क्षेत्रमा काम गरिसकेपछि, यस्ता बुझाई र व्यवहारहरुले गर्दा मैले के गुमाएको थिएँ भन्ने कुरा मैले बुझेको छु।

मैले अघिल्लो समयमा अनुभव गरेको जस्तै, हामीले हाम्रा कार्यशालाहरूमा धेरै व्यक्तिहरू भेटेकाछौं जसलाई ‘आफू कस्तो महसुस गरिरहेको छु’ भन्ने प्रश्न को उत्तर गर्न गाह्रो लाग्छ। म तपाईंलाई मेरो आफ्नै अनुभवबाट यो किन समस्यापूर्ण छ भन्न सक्छु। पहिले, जब म निराश महसुस गर्थें, म रिस देखाउने गर्थें (यो त्यतिबेला मलाई थाहा थिएन)। अर्को व्यक्तिले पनि मेरो निराशालाई रिस बुझेर नियन्त्रण गर्ने खोज्थ्यो। उसको यस्तो बुझाई र व्यवहारले हाम्रो सम्बन्धमा झन् बाधा आउने गर्थ्यो (र त्यसपछि म साँच्चै रिसाउने गर्थें)! यो प्रक्रिया दोहोरियो र मैले यसलाई बदल्न केहि गर्न सकिन। किन? किनभने मैले एउटा महत्त्वपूर्ण वाक्य भन्न सिकेको थिइनँ: मलाई निराशा हुन्छ, जब तिमीले ________ (निराशा पछाडीको अर्को व्यक्तिले गरेको व्यवहार)। ‘मलाई ___ लाग्छ/महसुस हुन्छ, जब ___।' आफ्नो भावनालाई व्यक्त गर्ने यस्तो सरल ढांचाको बारेमा मलाई थाहा थिएन। 

भावनात्मक साक्षरता, वा भावनाहरूलाई सकारात्मक रूपमा पहिचान गर्ने, बुझ्ने,नाम दिने र अभिव्यक्त गर्ने क्षमता भावनात्मक परिपक्वताको आधारभूत सीपहरू मध्ये एक हो। (भावनाहरू महत्त्वपूर्ण जानकारी हुन् जसले हाम्रा आवश्यकताहरू पूरा भए वा भएनन् भन्ने सङ्केत दिन्छ।) जबसम्म हामीले हामी कस्तो महसुस गरिरहेका छौं भनेर थाहा पाउन सक्दैनौं, हामी हाम्रा आवश्यकताहरू के हो भनेर बुझ्न सक्ने स्थितिमा हुँदैनौं, न त अरुलाई उपयोगी तरिकाले बुझाउन सक्छौं। यसो हुँदा, हामी धेरै हदसम्म आफ्नो र अरूको बारेमा अनुमानहरू बनाउँछौं। नतिजा - आफू र वरिपरिका मानिसहरूसँग थप दूरी।

My Emotions Matter को सुरुवातमा हामी मध्ये कोही पनि भावनात्मक साक्षरताको सीपमा उत्कृष्ट थिएनौं भने, समयको साथ, हामीले महसुस गरेका छौं कि यो सीप सिक्न र विकास गर्न सकिन्छ। शिक्षकहरूको समूहको रूपमा, हामीले सोच्यौं कि यो शैक्षिक स्रोतको विकास गर्न अर्थपूर्ण हुनेछ, जसले मानिसहरूलाई आफ्नै भावनाहरू बुझ्ने तरिकामा सकारात्मक परिवर्तन ल्याउन मदद गर्छ। कल्पना गरौँ - एउटा यस्तो संसार जहाँ व्यक्तिहरूले आफ्नो भावनाहरुलाई 'राम्रो' वा 'खराब' भन्नुमा अडिग रहनुको सट्टा, आफ्नो भावनात्मक अवस्थाहरू बुझ्न, तिनीहरुलाई नाम दिन र ति भावनात्मक अवस्थाहरूको आधारमा आफ्नो लक्षहरुसंग नजिकिन आफुलाई मदद गर्न सक्थे। यस कल्पना बारे छलफल गरेको एक वर्ष भन्दा कम समयमा, हामीले भावनात्मक साक्षरतामा हाम्रो पहिलो पुस्तक निकाल्यौं। 

एउटा उदाहरणात्मक गाइडको माध्यमबाट, हाम्रो पुस्तकले पाठकहरूलाई Plutchik's Wheel of Emotions मा आधारित ८ आधारभूत भावनाहरूको परिचय गराउँछ। हाम्रो उदेश्य पाठकहरूलाई ८ आधारभूत भावनाहरू के हुन्, यी भावनाहरूको विभिन्न तीव्रताहरू के-कस्तो हुनछन्, र यी भावनाहरूलाई अवरोधहरू भन्दा पनि रणनीतिक स्रोतको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर पत्ता लगाउन मद्दत गर्नु हो। यो पुस्तकमा विभिन्न विचार गर्ने प्रश्नहरु छन्। भावनात्मक परिपक्वताको सीप नभएका आफ्ना समकक्षहरू भन्दा एक भावनात्मक रूपमा परिपक्व व्यक्तिले एउटै अवस्थामा फरक तरिकाले के गर्न सक्छ भनेर हाम्रो पुस्तकले अन्वेषण गर्दछ। भावनात्मक साक्षरता सम्बन्धी हाम्रा कार्यशालाहरू यस पुस्तकमा आधारित छन्, किनभने भावनात्मक साक्षरताको अवधारणासँग पहिले नै परिचित नहुन सक्ने नेपाली श्रोताहरूका लागि तयार पारिएको हो। 

हाम्रो आशा छ कि मानिसहरूले यस पुस्तकको मद्दतले थप भावनाहरूमा आधारित कुराकानीहरू गर्न सक्छन्। हामी अभिभावक, शिक्षक, विद्यार्थी र अफिसमा काम गर्ने मान्छेहरुमा आत्म-चेतना र समानुभूति भएको  संसारको विकास गर्ने परिकल्पना गर्छौं। त्यो यात्रामा हाम्रो पहिलो कदम? आफूलाई र हामी वरिपरिका मानिसहरूलाई प्रायः सोध्ने: “तपाई कस्तो महसुस गर्दै हुनुहुन्छ?”

तपाईले हाम्रो पुस्तक EKTA Books बाट प्राप्त गर्न सक्नुहुन्छ।

Tags

Sagar Satyal

Sagar Satyal is co-founder at My Emotions Matter and can be reached at [email protected].