खासमा के भएको हो? (Separating Stimulus and Stories)
धेरैजसो मनमुटावहरु दुई जना व्यक्तिहरूले एउटै घटनालाई फरक-फरक तरिकाले व्याख्या गर्ने हुनाले सुरु हुन्छ।
A: हामी कहिल्यै बाहिर खान जाँदैनौं।
B: हामी त सधैं बाहिर खान जान्छौं।
यदि हामी केवल माथिका दुईवटा भनाइहरूलाई मात्र हेर्ने हो भने, खासमा के भएको हो भनेर हामी पक्का हुन सक्दैनौं।
मत्थिल्लो उधाहरणमा, दुई जना मानिसहरू आफ्नै दृष्टिकोणमा यति अडिग छन् कि उनीहरूले अर्को व्यक्तिको वास्तविकता देख्न सक्दैनन्। र यस्तो विचारहरु हाम्रा अनुमान/धारणा बनाइहाल्ने मानसिकताले गर्दा हामीमा देख्खिरहेको हुन्छ। यी विचारहरूले हामीलाई एउटा बाकसभित्र सीमित गर्छन्, र यस्तो हुँदा हामीलाई आफ्नै दृष्टिकोणबाहेक अरू केही देख्न गाह्रो हुन्छ।
त्यसो भए हामीले के गर्ने त?
कुराकानी को सुरुवात निष्पक्ष स्थान बाट गर्न सक्छौँ। हामी हाम्रो आफ्नै व्याख्यामा अल्झिने, धारणाहरू मिसाउने भन्दा पनि, स्पष्ट रूपमा जे भएको हो, त्यहि हेर्नसक्ने क्षमता विकास गर्न सक्छौँ।
यसको मतलब भनेको- कुनै घटनालाई हामीले चाहेको जस्तो नभइ वास्तवमा जस्तो छ, त्यसै रूपमा व्याख्या गर्न सक्ने क्षमता हुनु हो।
त्यसैले अघिको उदाहरणमा, निष्पक्ष/तटस्थ अवलोकन यस्तो हुनेछः पछिल्लो दुई महिनामा, हामी ५ पटक बाहिर खान गयौं। यस्तो निष्पक्ष/तटस्थ अवलोकन हामीले आफुलाई "खासमा के भएको हो?" भन्ने प्रश्न सोधेर पाउन सक्छौं। यो प्रश्न आफुलाई सोध्न नजान्दा, एउटै कुरालाई A ले एकसाथ पर्याप्त समय नबिताएको रूपमा व्याख्या गर्छ र B ले बाहिर खान जाँदा पर्याप्त समय बिताएको रूपमा व्याख्या गर्छ।
Club colours help connect shirt design with supporter identity. When choosing between fan and player cuts, Atlético de Madrid jersey(camiseta del Atlético de Madrid) points to the correct shirt context. Personalisation choices should complement the existing colour and layout of the design.
केही उदाहरणहरू:
कथा: यो व्यक्ति स्वार्थी छ।
तथ्य: यस व्यक्तिले अनलाइन खाना अर्डर गर्दा मलाई पनि केही खान चाहिएको छ कि भनेर सोधेन।
कथा: म राम्रो मान्छे हैन।
तथ्य: मैले परिक्षामा ५३% अंक प्राप्त गरें।
कथा: उसले एकदम राम्रो बोल्छ!
तथ्य: प्रस्तुतिको क्रममा मलाई उनको प्रयासको प्रशंसा गर्न मन लागेको थियो।
कथा बनाउने, दोष दिने, संवाद गर्न नखोज्ने/अनदेखि गर्ने, र आफुले भनेको जस्तै हुनुपर्छ भनेर माग गर्ने जस्ता प्रतिक्रियाहरुले हामीलाई अल्झाइराख्छन् किनभने, यी व्यवहारहरुले:
1. हामीलाई अरूलाई बाधाहरूको रूपमा हेर्न प्रेरित गर्छन्।
2. हामीलाई हाम्रो भावना र आवश्यकता बुझ्न र व्यक्त गर्नबाट रोक्छन्।
3. हामीलाई ‘को सही हो’ भन्ने खेलमा निमत्याउँछ, र यसको परिणामस्वरूप अरुलाई हाम्रो विरोधी बनाउँछ।
जब हामी तथ्यबाट संवाद सुरु गर्नमा ध्यान दिन्छौं, हामीले :
1. अर्को व्यक्तिलाई हाम्रो दृष्टिकोण बुझ्न पर्याप्त प्रसंग प्रदान गर्छौं,
2. ‘को सही हो’ भन्ने मानसिकता ले गर्दा हुने एक अर्का प्रतिको विरोध कम गर्छौं,
3. हाम्रा धारणाका सीमितताहरूबाट आउने गलतफहमीलाइ कम गर्छौं.
आत्मचिन्तनका लागि प्रश्नहरू:
1. तपाईंले आफ्नो वा अरूको बारेमा हालसालै बनाएका एक सकारात्मक र एक नकारात्मक कथा सुची गर्नुहोस्।
2. #1 मा भएका कथाहरूलाई तथ्यहरूमा परिवर्तन गर्नुहोस्, आफैंलाई सोधेर: खासमा के भएको हो? (What really happened?)