यदि तपाईं आवश्यकताहरूसँग जोडिन सक्नुहुन्न भने, दोष लगाउने खेलमा अल्झिरहनुहुन्छ (If You Can't Connect with Needs, You'll Be Stuck in a Blame Game)
जब अरूले हामीलाई मन नपर्ने तरिकाले व्यवहार गर्छन्, हामी त्यो व्यवहारलाई मनमा लिन सक्छौँ। तर, मेरो अनुभवले देखाएको छ कि यसले कसैलाई पनि सहयोग गर्दैन। हामी दोषमा अड्किन्छौँ, जसले गर्दा हामी खासमा भएको महत्वपुर्ण कुराबाट टाढा हुन्छौं। जब हामीलाई के महत्त्वपूर्ण छ भन्ने चेतना हुँदैन, हामीले प्रायः सबैभन्दा बढी गुनासो गर्ने समस्यालाई समाधान गर्नुको सट्टा त्यस समस्यालाई आफै बढाउने व्यवहार गर्छौँ।

यदि अर्को व्यक्तिले १-२ दिनमा पटक-पटक फोन गरेर मलाई अपडेट माग्नुहुन्छ र मलाई उहाँको यो व्यवहार मन परेको छैन भने, यस असन्तुष्टिले मलाई भन्छ कि—म उहाँबाट "विश्वास" चाहिरहेको रहेछु। तर, जब मेरो ध्यान उहाँलाई दोष दिने तर्फ जान्छ (यो मान्छे सधैं किचकिच मात्र गर्छ), म आफ्नै आवश्यकतासँग जोडिन नसक्ने अवस्थामा पुग्छु। त्यसको परिणामस्वरूप, म झन्-झन् त्यस्तो व्यवहार गर्न थाल्छु, जसले मलाई नै मेरो आवश्यकताबाट अझ टाढा पुऱ्याउँछ र उहाँबाट "विश्वास" पाउन गाह्रो बनाउँछ।
यो दोष दिने खेलको चक्रबाट निस्कने एक मात्र उपाय भनेको – आफू र अर्को व्यक्तिको आवश्यकतासँग जोडिन प्रेरित हुनु हो। आवश्यकतासँग जोडिन सक्ने तहमा पुग्नु भनेको के हो? यस उदाहरणमा, त्यो व्यक्तिले मलाई बारम्बार फोन गरेर अपडेट सोध्नुको पछाडि उहाँको सहकार्यको आवश्यकता रहेको छ। त्यस्तै, म उहाँबाट टाढा रहने प्रयास गर्नुको पछाडि मेरो विश्वासको आवश्यकता रहेको छ।
जब म यस्तो चेतना राख्छु, म केवल आफू मात्रै नभई अर्को व्यक्तिसँग पनि जोडिन सक्छु – किनभने म स्वयं पनि यस सम्बन्धमा विश्वास र सहकार्य चाहन्छु। यसरी, दोषबाट बाहिर निस्केर आवश्यकतासँग जोडिन सक्ने क्षमता विकास गरियो भने, दुबै पक्षका लागि काम गर्ने समाधान खोजेर, सम्बन्धलाई अझ राम्रो बनाउन सकिन्छ।
दोष दिने र अनुमान गर्ने कुरामा ध्यान केन्द्रित गर्दा हामी समस्यामा मात्र अल्झिएका हुन्छौं। यो कुनै पनि तरिकाले भावनात्मक सक्षमताको राम्रो उदाहरण होइन! समस्या आउँदा, आफ्नो ध्यान दोषतर्फ नलगेर, आवश्यकताको पहिचान गर्ने दिशामा लग्नसकिएमा सम्भावित समाधानहरूमा ध्यान केन्द्रित गर्न सकिन्छ। विसाकन वीरासामीले भनेजस्तै, "आफ्नो समय र ऊर्जा – हामीले जुन कुरा बढी देख्न चाहन्छौं, त्यसमा केन्द्रित गर्नु पर्छ।"
This Writeup in English: If You Can't Connect with Needs, You'll Be Stuck in a Blame Game
Written by: Sagar Satyal
Translated by: Yuga Thapa
Edited by: Aprajita Jha
Football shirts often preserve the colours and identity associated with a club or national team. Anyone checking fabric and breathability can place retro Spain national team jersey(camiseta retro de la selección española) within the relevant shirt range. Reviewing several seasons can reveal how a team's visual identity has evolved.