आत्म-सम्बन्ध: आफनो दोष दिने मानसिकतालाई रूपान्तरण कसरी गर्ने (Self-Connection: How to transform judgmental thoughts)

आफ्नो कामको पहिलो हप्तामा उदिताले एउटा महत्वपूर्ण प्रस्तुति दिनु पर्ने थियो। उसलाई डर पनि लागिरहेको थियो तर ऊ इच्छुक पनि थियो। प्रस्तुति सुरु हुन २५ मिनेट बाँकी हुँदा, उदिताको आमा कोठाभित्र आएर उसलाई खाना खान बोलाइन्। उदिताले भन्यो कि उसले पछि खान्छ किन भने उसको प्रस्तुति को समय नजिकिदै थियो। उदिताको आमा ले रिसाउदै भनिन्, "यो घर मा सबै को एकदम धेरै काम छ, म मात्र काम नपाएको रहेछु है?" आमाको कुरा सुनेर उदिताले झर्को मान्दै भनिन्, "अब फेरि त्यहि नाटक सुरु!" उनी आफ्नो प्रस्तुति तिर फर्किइन् र आमा रिसाएर हिँड्नुभयो।

यसो बेला, अफ्नो र अरूको बारेमा दोष लगाउन धेरै सजिलो हुन्छ। यसले गर्दा अनुमान, मनमुटाव र झगडाहरू बढ्नसक्छ ।

प्रस्तुति दिन उदितासँग थोरै समय मात्र बाँकी थियो, तर उसको मनमा आमाले भनेका कुरा र गरेको व्यवहार मात्र खेली थियो। उसले छिट्टै याद गर्यो कि उसले आफ्नो आमाको बारेमा अनुमान लगाइरहेको छ। उसलाई थाहा भयो कि, अनुमानहरुमा अल्झिराख्दा उसको प्रस्तुति प्रभावित हुनेछ र अफ्नो आमासँगको सम्बन्ध पनि नराम्रो हुनेछ।

आत्म-सम्बन्ध:
आत्म-सम्बन्ध भनेको दोष दिनु र लिनुबाट बाहिर निस्केर आफ्नो भावना र आवश्यकतासँग जोडिन सक्नु हो। यो मानसिकताले, हामी अफ्नो आत्म-चेतना अझै बढाउन सक्छौं। हामी आफैलाई यी प्रश्नहरू सोध्न सक्छौं:

खासमा के भएको हो?
उदिताले खासमा भएको कुरा र मनमा लागेको कुरालाई छुट्टाउन खोज्यो। उसले याद गर्यो कि उसको आमाले "यो घर मा सबै को एकदम धेरै काम छ, म मात्र काम नपाएको रहेछु है?" भनेकी थिइन् र उसले जवाफमा "अब फेरि त्यहि नाटक सुरु!" भनेको थियो।

मलाई कस्तो महसुस भयो?
उदिताले आफैलाई यो प्रश्न सोध्दा थाहा पायो कि आमाको कुरा सुन्दा उसलाई झर्को लागेको र हतोत्साहित महसुस भएको रहेछ।

मलाई के महत्वपुर्ण छ?
भावनात्मक साक्षरता बिना, उदिताले सजिलैसँग आफ्नो आमालाई आफ्नो रिस र निरुत्साहको कारण बनाउने थियो। तर, उदिताले रिस र निरुत्सा महसुस गर्नुमा आमाको शब्द र व्यवहारहरुले केहि हद सम्म मात्र असर परेको हो। उसको भावना उसको लागि महत्वपुर्ण रहेको आवश्यकताबाट उत्पन्न भएको थियो। उसलाई आफ्नो आमाबाट समर्थन र बुझाइ आवश्यक थियो होला, जुन यो स्थितिमा पूरा भएन।

म सँग अफ्नो लागि/अरूको लागि केही प्रस्ट अनुरोध छन्?
आफ्नो आवश्यकता संग जोडिन सके पछि उदिताको लागि प्रष्ट भयो कि उसको लागि यति खेर प्रस्तुतिमा ध्यान दिन जरुरि छ। प्रस्तुति सक्काएर उसले आफ्नो आमा संग कुरा गरि आमा को पक्ष्य बुझ्न खोज्ने निर्णय गर्यो।

आत्म-चेतना भएको ले गर्दा उदितालाई आफ्ना भावना र आवश्यकतासँग जोडिन सजिलो भयो र आवश्यकता पुरा गर्ने सम्भावना पनि बढ्यो। दोष लिने र दिने मानसिकतामा अल्झिरख्दा, यो सम्भव हुने थिएन। 


This Writeup in English: Self-Connection: How to transform judgmental thoughts

Written by: Aprajita Jha
Translated by: Yuga Thapa 
Edited by: Aprajita Jha