आत्म-जिम्मेवारी लिनु भनेको के हो? (What Does It Mean to Take Self-Responsibility?)
मैले अरु मानिसबाट प्रशंसा पाउँदा, मलाई कस्तो महसुस हुन्छ?
यस प्रश्न को उत्तर हो: यो निर्भर गर्छ। तर के मा निर्भर गर्छ?
मलाई कस्तो महसुस हुन्छ भन्ने कुरा कुनै पनि क्षणमा मेरा आवश्यकतामा निर्भर गर्छ।
जब म प्रशंसा पाउँछु, म गर्व महसुस गर्न सक्छु किनभने मैले गरेको प्रयासको कदर चाहेको थिएँ।
अर्कोतर्फ, जब म प्रशंसा पाउँछु, म झर्किन पनि सक्छु किनभने काम मा सुधार ल्याउन सक्ने सुझाव चाहन्थें।
म असजिलो पनि महसुस गर्न सक्छु, यदि म चाहन्थें कि व्यक्तिगत रूपमा न भई, टीम ले गरेको कामको कदर होस्।
कसैले मेरो प्रशंसा गर्दा म किन फरक–फरक प्रतिक्रिया दिन सक्छु त? किनभने मेरो हरेक प्रतिक्रिया, त्यो व्यक्तिको व्यवहार र शब्दहरूलाई मेरो आवश्यकताहरुको दृष्टिले हेरेर आउँछ। र ती आवश्यकताहरू मेरो आफ्नै भएकाले, तिनीहरूको जिम्मेवारी पनि मेरो नै हो।
आफ्नो जिम्मेवारी लिनु भनेको के हो? आफ्नो अनुभवको पूरा जिम्मा लिनु: जुनमा मेरा भावनाहरु, मूल्यांकनहरु, र क्रियाकलापहरुमार्फत देखिने आवश्यकताहरु जोडिएका छन्। यसको मतलब हो पूर्ण रूपमा बुझ्नु र स्वीकार गर्नु कि अरूको बोली र व्यवहारहरू मेरो प्रतिक्रियाहरुको कारण होइनन्, केवल प्रेरणा मात्र हुन्।
म जे महसुस गर्छु, जे भन्छु वा जे गर्छु, त्यो सधैं मेरा आफ्नै आवश्यकताहरूबाट आउँछन्।
This Writeup in English: What Does It Mean to Take Self-Responsibility?
Written by: Sagar Satyal
Translated by: Yuga Thapa
Edited by: Aprajita Jha